बझाङमा एमालेका दमन भण्डारी विजयी

काठमाडौं,१७ बैशाख । बझाङको प्रदेश सभा सदस्य १ (१) क्षेत्र नेकपा (एमाले)का उम्मेद्वार दमन भण्डारी विजयी भएका छन् ।

सोमबार दिउँसो मतपरिणामअनुसार बझाङको प्रदेश सभा सदस्य १ (१) क्षेत्रको उप निर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।

भण्डारीले ११६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह जम्मा २६६ मतले मात्र हारेका हुन् ।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत प्राप्त गरे ।
यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए।

उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्