इलाम २ को उपनिर्वाचनको मतगणनामा कांग्रेसका उम्मेदवार डम्बरबहादुर अग्रस्थानमा

काठमाडौं, १६ बैशाख । इलाम २ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर अग्रस्थानमा रहेका छन् । नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले खड्कासँगको मतान्तर घटाएका छन् ।

फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्‍मेदवार खड्कासँगको मतान्तर ४२ मा झारेका छन् ।

४ हजार १ सय ८१ मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६४३ र एमालेका नेम्वाङले १ हजार ६०१ मत पाएका छन् । वडा नं १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि थिए ।

गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने वडा नं ३ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।

यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०५ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्