एनएमबी लघुवित्तले शेयर संरचना परिवर्तन गर्दे

काठमाडौं,१६ बैशाख । एनएमबी लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने भएको छ ।

लघुवित्तले शेयर संरचना परिवर्तन गर्न पूर्व स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

लघुवित्तमा संस्थापक तर्फको ७० प्रतिशत भने सर्वसाधारणको ३० प्रतिशत शेयर संरचना रहेको छ । अब संस्थाले संस्थापक तर्फ ६० र सर्वसाधारण तर्फ ४० प्रतिशत हुनेगरी संरचना परिवर्तन गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्