पूँजीबजारका लगानीकर्ताको आन्दोलन हाललाई स्थगित

काठमाडौं,१६ बैशाख । आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ । लगानीकर्ताको पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन् ।

अर्थमन्त्रालयले लगानीकर्ताहरुलाइ लगानी सम्मेलन सफल बनाउन अर्थमन्त्रालय लागि परिरहेको समय यस्तो अप्रिय निर्णय नलिन अनुरोध गरेको छ । साथै, लगानीकर्ताको जायज मागहरुलाई वैदेशिक लगानी सम्मेलन लगत्तै वार्तामा बसि पूँजीबजारका समस्या समाधान गर्ने प्रतिबद्धता आएको र देशमा हुन गइरहेका वैदेशिक लगानी सम्मेलनलाई सफल बनाउने हाम्रो पनि दायित्व भएको हुनाले हालको लागि घोषित सम्पूर्ण कार्यक्रम केहि दिनका लागि स्थगित गरिएको जानकारी गराएका छन ।

अहिले स्थगित गरे पनि सरकारले लगानी सम्मेलन लगत्तै वार्तामा बसि समस्या समाधान गर्ने तर्फ अर्थमन्त्रालय अग्रसर देखाएन भने फेरि पनि आन्दोलन निरन्तरत दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्