रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको प्रमाण देखाउन नेता अर्जुननरसिंह केसीको चुनौती

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको प्रमाण देखाउन चुनौती दिएका छन्।

कांग्रेस नुवाकोट(काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको जिकिर गरे।

उनले भने,‘अहिले नयाँ पार्टी आएर हामी डराउनुपर्ने आवश्यक छैन। म त चाहन्थे नयाँ पार्टीहरू राम्रा हुन् त्यसले हामीहरुलाई पनि काम गर्न बाध्य बनाउन् तर उहाँहरू त भ्रष्टाचार भ्रमको कुरा गरिरहेका छन्। तागत भए कुन नेताले प्रधानमन्त्रीको अफर गर्‍यो त्यो देखाउनुस्, मैले बुझेसम्म हामीले कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौं। त्यसैले भ्रम र झुटका कुराहरू गरेर त्यो भ्रममा पर्न आवश्यक छैन।’

कांग्रेस खहरे भेल नभएको उल्लेख गर्दै सबै कम्युनिष्टहरू मिल्दा त केही गर्न नसकेको कांग्रेसलाई नयाँ दलको भ्रमबाट केही नहुने बताए। उनले कांग्रेसलाई आफैंभित्रकाबाट डर भएकाले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्