राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार लिम्बुलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने

काठमाडौं, १५ बैशाख । इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका मिलन लिम्बुलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने भएको छ । इलाममाशनिबार भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि उनले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न भनेको हो ।

यस्तो कार्य गर्नु निर्वाचन आचारसंहिता विपरित हो । कानून अनुसार कारवाही गर्ने आयोगले जनाएको छ । यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘एकजना उम्मेदवार निर्वाचन चिन्ह अङ्कित सामग्री लगाएर मतदान गर्न जानुभएछ । यसबारे तत्कालै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर स्पष्टीकरण सोध्नु भनेका छौँ ।’

उम्मेदवार लिम्बुले त्यसरी चुनाव चिन्हको लोगो लगाएर मतदान गर्नु कानुनले आचारसंहिता विपरीत मानेको बताउँदै निर्वाचन सम्पन्न भएपछि पनि आयोगले कारबाही गर्न असर नपर्ने जानकारी दिए ।आचारसंहिता गम्भिर रुपमा उलंघन भएको आयेगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्