इलाम २ र बझाङ १(१) मा उपनिर्वाचन मतदान सुरु

काठमाडौं , बैशाख १५ । इलाम २ मा उपनिर्वाचन अनुसार मतदान सुरु भएको छ । उपनिर्वाचनका प्रमुख निर्वाचन अधिकृत देवीचरण फुयाँलले मतदान सुरु भएको जानकारी दिए ।

इलाम २ का उपनिर्वाचनका प्रमुख निर्वाचन अधिकृत देवीचरण फुयाँलले मतदान सुरु भएको जानकारी दिए । ुबिहान ७ बजेदेखि नै मतदान सुरु भएको म्यासेज आइरहेको छु, उनले भने, ुअहिलेसम्म सहज वातावरण छ ।ु इलाम(२ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।सबै केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्