६२५ नेपाली कामदारको कतारमा विजोग

काठमाडौं, १४ बैशाख। कतारको अल जावर पार्टनर्स कम्पनीमा ६२५ जना नेपाली बिजोग अवस्थामा परेका छन्। कम्पनीले ६ महिनादेखि तलब नदिएपछि बिजोग परेका हुन् ।

तलब नदिएपछि उनीहरुले काम रोकेर प्रशासनलाई जानकारी गराएर बसेको छन् । समस्यामा परेकाहरूलाई गत शनिबारदेखि एनआरएनए कतारले खानाको व्यवस्था गर्दै आएको छ ।

एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्दै आएको जानकारी दिए । यस सम्बन्धमा आज श्रममन्त्री डीपी अर्याललाई जानकारी गराएको बताउँदै समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराएको भट्टले बताए ।

उक्त कम्पनीमा करिब १५०० कामदार रहेका र ६२५ नेपाली बाहेक अरु सबै विदेशी कामदार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्