नेपालको अहिलेको राजनीति र मौसम उस्तै उस्तै, उपेक्षा गरे सत्ता डग्मगाउन सक्ने: अध्यक्ष नेपाल

काठमाडौं, १४ बैशाख। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता डग्मगाउन सक्ने त्यसको परिणाम जे पनि हुनसक्ने कडा ने चेतावनी दिएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे ।

उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए । नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताए । उनले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रस्ट रूपमा हामीले भन्न सकौँ । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो ।’

अध्यक्ष नेपालले देशको अर्थतन्त्र सहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरूको विकास, सीप सिकाउने, उद्यमशीलतालाई प्रोत्साहन दिनुपर्ने बताए । अध्यक्ष नेपालले सरकारलाई दम्भ नदेखाउन चेतावनी दिदै कडा शब्दमा भने नत्र यसको मूल्य महंगो पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्