आजको मन्त्रिपरिषदका विभिन्न निर्णहरु:

काठमाडौं, १३ वैशाख । मन्त्रिपरिषद बैठकले सहकारीको समस्या छिटो समाधान गर्न विद्यमान कानुन बनोउने लगायत विभिन्न निर्णहरु गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहकारीको समस्या छिटो समाधान गर्न विद्यमान कानुनबाट नहुने निष्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘सामान्य, नियमित प्रक्रियाबाट समस्या समाधान हुँदैन भनेर छिटो भन्दा छिटो कानुनी व्यवस्था गर्नुपर्ने देखिएको छ, सहकारी समस्या हल गर्न कानुन र संरचना फास्ट ट्रयाकबाट ल्याउनुपर्ने छ ।’

देशका ठूला शहरमा रहेका धेरै सहकारीहरुले वचतकर्ताबाट उठाएको वचत फिर्ता गर्न सकेका छैनन् ।

यस्तै मन्त्रिपरिषद बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३।१ अनुसार पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ ।

यस्तै हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद बैठले गरेको छ । देशमा देखिएको विद्यमान समस्याको समाधान सरकारले गम्भिरता देखाएको सोत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्