राष्ट्रपतिबाट उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं, १३ वैशाख । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले बिहीबार सेना परिचालनको स्वीकृति दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्