सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौं,१३ बैशाख । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमीको ६८ हजार ८०५ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम २५० रुपैयाँ  मूल्य राखेर आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यस लिलामीको शेयरमा मा वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्