सबैको र साधना लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता
काठमाडौं,१३ बैशाख । सबैको लघुवित्त वित्तिय संस्था र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यिनी दुबै संस्थाबीच १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।
हालसम्म सबैको लघुवित्त वित्तिय संस्थाको चुक्ता पूँजी ३१,१८,६०,००० र साधना लघुवित्त वित्तिय संस्थाको चुक्ता पूँजी रु ३८,२२,५८,३४५।०० रहेको छ ।
प्रतिक्रिया दिनुहोस्