सूर्यज्योति लाइफ इन्स्योरेन्सको बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं,१३ बैशाख । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्ल आ.व.को सोही अवधिको तुलनामा बढेको छ ।

चालु आ.व.को तेस्रो त्रैयमाससम्ममा इन्स्योरेन्सले २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.८९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३८.६८ प्रतिशत बढेको छ भने कुल आम्दानी ४४.१९ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५१.६७ प्रतिशत र कुल खर्च ४४.५७ प्रतिशत बढेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ २० पैसा बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५६.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ३१ पैसा रहेको छ ।

४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्