सपोर्ट लघुवित्तको खुद मुनाफामा बढोत्तरी

काठमाडौं,१२ बैशाख । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तले अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेर ४ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।

संस्थाको सञ्चालन नाफा १२०.९३ प्रतिशतले बढेर १ करोड ३३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा १.७८ प्रतिशत विन्दुले घटेर १.४७ प्रतिशतमा आएको छ । ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ भने खराब कर्जा घटेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ८ पैसा छ । यसैकारण खुद नाफामा आकर्षकण बढोत्तरी हुन सकेको हो ।

लघुवित्तको चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्