आज राति १२ बजेबाट उपनिर्वाचनको निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौं, १२ बैशाख। आज राति १२ बजेबाट बैशाख १५ गते हुने उपनिर्वाचनको निर्वाचन आचारसंहिता लागू हुँदै छ । निर्वाचन आयोग का अनुसार प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको जनाएको छ । ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्