सीइडीबी हाइड्रोपावरको बोलायो वार्षिक साधारण सभा, लाभांस वितरण गर्ने

काठमाडौं,११ बैशाख । सीइडीबी हाइड्रोपावरले  आ.व. २०७८/ २०७९ को नाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

कम्पनीले लाभांश पारित गर्न वैशाख ३१ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । सभा हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।

सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेलगायत एजेण्डा रहेका छन् । सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते एक दिन बुक क्लोज गर्नेछ । कंपनीले वितरण गर्ने लाभांश वैशाख १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्