गुराँस लघुवित्तको नाफामा छलाङ्ग

काठमाडौं,११ बैशाख । गुराँस लघुवित्तले चालु आ.व.को तेस्रो त्रैमाससम्म आइपुग्दा नाफालगायतको प्रमुख सूचकहरुमा छलाङ्ग मारेको छ । यसअवधिमा लघुवित्तले २ करोड २४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

अघिल्लो वर्षको यसैअवधिमा लघुवित्त ५४ लाख ९१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यसको खुद नाफामा आकर्षक वृद्धि भएको हो । यस अवधिमा खुद ब्याज आम्दानी ६७.११ प्रतिशतले बढेर ५ करोड ६९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ४० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, गत वर्ष ५४ लाख ९७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको यस लघुवित्तले यस वर्ष २ करोड ९७ लाख ३४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

यस लघुवित्तको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्