नेकपा हीरक महोत्सव विविध कार्यक्रम गरि मनाउँदै
काठमाडौँ, १० बैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ ।
मुलुकको एक प्रमुख कम्युनिस्ट घटक नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ । नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान दिने विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरिने भएकाले समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आइतबार सम्पन्न एमालेको परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । मुलुकबाट निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापना गर्न अग्रजको सङ्घर्ष, निष्ठा र त्यागलाई स्मरण तथा सम्मान गर्न एमालेले उक्त सम्मान प्रदान गर्न लागेको प्रचारप्रसार विभाग प्रमुख गौतमले बताए ।
नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो ।
त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई मार्क्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिस्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिस्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ ।
नेपालमा २००६ वैशाख १० गते ९१९४९ अप्रिल २२० का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको हो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए । स्थापनाकालमा एउटै रहेका कम्युनिस्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिस्ट तथा वाम पार्टी सञ्चालित छन् ।
हीरक महोत्सव समारोहमा राष्ट्रिय परिषद् सदस्यका साथै एमालेका काठमाडौँ उपत्यकाबाट जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्य, सबै पालिकाका पदाधिकारी र सचिवालयका सदस्य, सबै वडाका पदाधिकारी, सबै जनप्रतिनिधि ९प्रतिनिधिसभारराष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्षरउपाध्यक्ष, प्रमुखरउपप्रमुख, स्थानीय तहका वडाध्यक्ष र सदस्य, सबै जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, उपत्यकामा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य तथा हाल असङ्गठित रहेका तर पार्टीका पुराना र प्रतिष्ठित.लाई सहभागी गराउने तयारी गरिएको एमालेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्