मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ, १० बैशाख। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमण र यहि १६ र १७ गते हुने लगानी सम्मेलनको बारेमा बारेमा पनि छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।

बैठकले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ । त्यस्तै, बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरू समेत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्