स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं, ७ बैशाख । स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफामा पनि गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैकले गत वर्षको सोही अवधिको तुलनामा चार्टर्डको खुद नाफा ६.२४ प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी ११.०६ प्रतिशतले घटेर ३ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले ४ अर्ब ४० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा पनि ६.१२ प्रतिशतले घटेर ३ अर्ब ५० करोड रुपैयाँमा झरेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावटा आएसँगै खुद नाफा पनि घटेको हो ।

त्यस्तै, बैंकको खरब कर्जा पनि ०.९० प्रतिशतबाट बढेर २.१४ प्रतिशत पुगेको छ । खरब कर्जा बेढेका कारण पनि नाफा घट्न गएको हो । तेस्रो त्रेमासको अन्तसम्म यस्तो वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ३१ पैसाले घटेर ३४ रुपैयाँ ६ पैसा (वार्षिक) मा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०८.८५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्