कामना सेवा बैंक र लक्ष्मि हेयर एण्ड वियुटी स्टिडियोबीच सम्झौता

काठमाडौं, ५ चैत । कामना सेवा विकास बैंकले काठमाडौं स्थित। लक्ष्मि हेयर एण्ड वियुटी स्टिडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका ग्राहहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । बैंककका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्