एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अघि बढायो

काठमाडौं, बैशाख ५ गते । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अघि सार्ने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको रूपमा अघि बढाउने निर्णय गरेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

सुदूरपश्चिममा यसअघि नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति परिवर्तन गरी सत्ता गठबन्धनले पुनः एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो।

सुरूवाती सहमति मिचेर नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम मुख्यमन्त्री दिने निर्णय गरेपछि रुष्टिएको एकीकृत समाजवादीले सत्ता गठबन्धनमै समस्या उत्पन्न गराउने देखिएपछि उसलाई पुनः मुख्यमन्त्री दिने सहमति भएको थियो।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका चार सांसद छन्। त्यहाँ सोडारी संसदीय दलका नेता छन्।

मुख्यमन्त्री बन्ने भएपछि सोडारीले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बन्नका लागि दिएको समर्थन मंगलबार फिर्ता लिएका थिए।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका दुई सांसदहरू लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्री दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीमा प्रक्रिया नपुगेको भन्दै पुनः दाबी पेस गर्न भोलिसम्मको समय दिएका छन्।

प्रतिक्रिया दिनुहोस्