हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा मुद्दा नचल्ने निर्णय

काठमाडौं, ५ चैत। काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका सञ्चालकहरू रिहा भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को रायअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको हो ।

सहकारी अपचलनमा संलग्नले अपचलन गरेको रकम फिर्ता गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको सीआईबी एआईजी श्यामलाल ज्ञवालीले बताए ।

सरकारी वकिलको कार्यालयको निर्णयअनुसार पक्राउ परेका तीन जना हाम्रो नयाँ कृषि सहकारी उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक नविन अछामीलाई प्रहरीले थुनामुक्त गरेको हो ।

सहकारी पीडित उजुरीकर्ताको रकम पिर्ता भए पनि उनीहरूविरुद्ध मुद्दा चलाउनु नपर्ने रायसहित प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालय पठाएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी अनुसन्धान क्रममा पक्राउ परेका सहकारी सञ्चालकहरू ओमप्रकाश गुरुङ र दुर्गा चापागाईलाई पनि सीआईबीले काठमाडौं झिकाएर बयान लिएको थियो।

प्रतिक्रिया दिनुहोस्