आज राम नवमी पर्व, देशभर सार्वजनिक विदा

काठमाडौं,५ बैशाख । चैत शुक्ल नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ ।

यस दिन देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै मनाइन्छ ।

जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज स्नान गरी पवित्र भएर व्रत बस्ने र रामगीता र रामायण पाठ पनि गरिन्छ ।

सरकारले आज राम नवमी पर्वको अवसर पारेर देशभर सर्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्