निर्वाचन प्रणाली बदल्नुपर्छ, जसले चुनाव जित्छ उसले सरकार चलाउँछः गगन थापा

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र नेकपा (एमाले) बीच निर्वाचन प्रणाली बदल्न संवाद गरिनुपर्ने बताएका छन्।

संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा बोल्दै थापाले निर्वाचन प्रणाली बदलेर कांग्रेस र एमाले चुनाव भिड्ने र जित्नेले पाँच वर्ष सरकार चलाउनुपर्ने बताए।

‘कांग्रेस र एमालेले निर्वाचन प्रणाली बदल्न संवाद गर्नुपर्छ र कांग्रेस–एमाले निर्वाचनमा भिड्नुपर्छ,’ उनले भने, ‘हामी जिते पाँच वर्ष चलाउँछौं, उसले जिते पाँच वर्ष चलाउँछ। सानासाना दोकान बन्द गर्नुपर्‍यो, यसका लागि संवाद गर्नुपर्छ।’

उनले अबदेखि कांग्रेसले चुनावअघि गठबन्धन नगर्ने बताए।

‘चुनावपछिको गठबन्धन पनि चलेन। संसदमा सत्तापक्ष हो कि प्रतिपक्ष हो चिन्नै गाह्रो भएको छ,’ उनले भने, ‘केपी ओलीले माओवादीको र माओवादीले केपी ओलीको प्रशंसामा बोल्नु पर्ने भएको छ।’

प्रतिक्रिया दिनुहोस्