पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौं, ४ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले आज रातिदेखि नयाँ मूल्य कायम गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रति लिटर १६१ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्