नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा

काठमाडौं,४ बैशाख । नेपाल पुनर्बिमा कम्पनीले लाभांस घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/0८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले यो प्रस्ताव सरकार र बिमा समितिले अनुमति दिएपछि साधारण सभामा लग्ने छ । सभाबाट पारित भएपछि लगानीकर्ताले उक्त लाभांस प्राप्त गर्ने छन् । आर्थिक वर्ष २०७८/0७९ को नाफाबाट पनि कम्पनीले यतिनै लाभांस बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्