प्रधानमन्त्री प्रचण्ड र समाजवादीका नेता खनालबिच भेट

काठमाडौँ, ४ चैत। सत्ता गठबन्धनका विषयमा विभिन्न शंकाउपशंका उठिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बिचभेट गरेका छन् । दुई नेताबिच बालुवाटारमा वार्ता जारी रहेको एक नताले जानकारी दिए।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ । अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

यसै विषयमा प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबिच छलफल भएको बताइएको छ । एक प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएको समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको पक्षमा उभिएपछि सो प्रदेशमा नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेका छन् । यसले गर्दा सरका नै धरापमा परेको छ । सरकारलाई पटका नै सत्तन गठबन्धनलाई कठिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्