राप्रपाको प्रदर्शनमा घाइते भएका नेताको उपचार गर्दागर्दै मृत्यु

काठमाडौं, ३ बैशाख । राप्रपाको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका एक नेताको मृत्यु भएको छ ।

राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनको क्रममा प्रहरीले हानेको अश्रुग्यास प्रहारबाट घाइते उनको टाउकोमा समेत समस्या देखिएको थियो । ‘उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उहाँको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो’, उनले भने, ‘सोमबार बिहान ४ बजे उहाँको निधन भएको छ ।’

डॅागीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिने श्रेष्ठले बताए ।

चैत २७ गते राप्रपाले संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राजधानीको भद्रगालीमा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्