अरुण भ्याली हाइड्रोपावरको २० लाख कित्ता सेयर लिलामी आउदै

काठमाडौं,३ बैशाख । अरुण भ्याली हाइड्रोपावरको करिब २० लाख कित्ता सेयर लिलामी बिक्री खुला हुँदैछ । हाइड्रोपावरले वैशाख १० गतेदेखि १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद वैशाख २४ गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागि मात्र परेको थियो । कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्