आरएसडीसी लघुवित्तको तेस्रो त्रैमासको नाफामा ३० प्रतिशत सुधार

काठमाडौं,३ बैशाख । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. २०८०/८१ को तेस्रो त्रैमाससम्म ११ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा ३०.३४ प्रतिशतले धेरै हो । गत वर्षको तेस्रो त्रैमाससम्म यस संस्थाले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेर १८ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले २१ करोड ४० लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी घटेपनि संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा सुधार आएको हो ।

आरएसडीसी लघुवित्तको चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १२ करोड ४ लाख जम्मा छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा पुगेको छ । उक्स आम्दानी २ रुपैयाँ ६४ पैसाले बढेको हो । संस्थाको प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ६९ पैसा बराबर छ ।

प्रतिक्रिया दिनुहोस्