सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, ३ बैशाख । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।

साथै, संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने, र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुनेछ पार्टीले जनाएको छ । सरकारले गर्ने सेवा प्रवाह र राजनीतिक दलहरुबीचको राजनीतिक ध्रुविकरण बारेमा पनि छलफल केन्द्रीत हुने छ ।

प्रतिक्रिया दिनुहोस्