धादिङमा ट्रक दुर्घटना ८ घाइते, १ को मृत्यु
काठमाडौं, २ बैशाख । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु र ट्रकमा सवार ८ जना घाइते भएका छन् ।
निलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले बताए ।
घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको एसपी मिश्रले बताए ।
प्रतिक्रिया दिनुहोस्