सत्तारुढ दलको बैठक निवास बालुवाटारमा जारी

काठमाडौं, २ बैशाख । पछिल्लने राजनीतिक घटना क्रमलाई लिएर सत्तारुढ दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।

सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन गरेर सरकारले भागेको आरोप लगाएको छ । यसलाई के कसरी अधिबढ्ने भन्ने विषयमा बैठकमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्