युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

काठमाडौं,२ बैशाख । गणपूरक संख्या नपुगेपछि युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ ।

कम्पनीले चैत २९ गते बोलाएको सभामा कोरम नपुगेपछि साधारण सभा स्थगित गरेको जनाएको छ ।

हाइड्रोपावरले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै आगामी केहि दिनमा सभा आह्वान गर्नेछ । कम्पनीले साधारण सभा कहिले बस्छ भनेर विषयम भने केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्