सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं, २ बैशाख । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले गत आ.व.२०७९/ ०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

इन्स्योरेन्सले बैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा १६ औँ वार्षिक साधारण सभा डाकेको हो ।

सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजन सहित २४.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्त गर्न लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि इन्स्योरेन्सले बैशाख ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यहि बैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले प्रकाशित सूचनामा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्