पूर्वमन्त्री प्रदिप नेपाल अस्पताल भर्ना

काठमाडौं, ३० चैत । पूर्वमन्त्री प्रदिप नेपाल अस्पताल भर्ना भएका छन् ।
उनलाई उपचारको लागि थापाथलीको नर्भिक इन्टरनेशलन अस्पतालमा भर्ना गरिएको छ ।
शुक्रबार शमी साहित्य प्रतिष्ठानले भक्तपुरको थापा पाटी प्यालेसमा आयोजना गरेको तीन वटा साहित्यिक कृतिको लोकापर्ण कार्यक्रममा प्रतिष्ठानका अध्यक्षको रुपमा उपस्थित भएका नेपाल एक्कासी छातीमा समस्या आएपश्चात कार्यक्रम स्थलमै ढलेकाले उपचारको लागि अस्पताल भर्ना भएका हुन् ।

अस्वस्थका वावजुदपनि कार्यक्रममा उपस्थित भएको र कार्यक्रम समापन पछि घर फर्कने क्रममा कार्यक्रम स्थलमै उनी ढलेका थिए ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको शमी साहित्य प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।

उनको उपचारको लागि अस्तपालको विज्ञ टोलि परिचालित भएका छन् । उनी केहि वर्षदेखि अस्वस्थ छन् ।

प्रतिक्रिया दिनुहोस्