एकै दिन तीन वटा साहित्यिक कृतिको लोकापर्ण

काठमाडौं, ३० चैत । एकै दिन तीन वटा साहित्यिक कृतिको लोकापर्ण भएको छ त्यो पनि एकै थलोमा ।
भक्तपुरको थापा पार्टी प्यालेसमा शुक्रबार वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगः को कृत ‘संस्कृतिका आयाम’ निवन्धसङ्ग्रह, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीको कृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निवन्धसङ्ग्रह र जितेन्द्र रसिकको कृत ‘युगको तेज’ वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी सहित एकै दिन तीन साहित्यिक कृतिहरुको लोकार्पण भएको हो ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा उपस्थित भएका नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा साहित्यकार वैरागी काइलाले वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निवन्धसङ्ग्रह, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निवन्धसङ्ग्रह र जितेन्द्र रसिककृत ‘युगको तेज’ वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनीले नेपाली साहित्य क्षेत्रमा ठूलो योगदान हुने बताए । उनले भूगोल नफेरिय पनि भौतिक पूर्वाधार, नेपाली साहित्य, काला, संस्कृति, भेषभुषा, रहनसहनलगायतमा परिवर्तनभई पश्चिमादेशहरुको सिको गरेकोप्रति आश्चर्य प्रकट गरे ।
यसले नेपालीपन भुल्दै जाने उनको तर्क छ । नेपाली साहित्य क्षेत्रमा साहित्यिक आन्दोलन आफूले थुप्रै संघष गरेको उनले बताए ।

शमी साहित्य प्रतिष्ठानको आयोजनामा भएको सो लोकार्पण कार्यक्रममा लेखक तथा समिक्षकहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । श्रष्ठाहरुले शमी साहित्य प्रतिष्ठानले नेपाली साहत्यि क्षेत्रमा ठूलै योगदान गर्दै श्रष्ठाहरुलाई सम्मान गरेकोप्रति धन्यवाद प्रकट गरे ।

शमी साहित्य प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले नेपाली साहित्य क्षेत्रमा श्रष्ठाहरुलाई सम्मान गर्न पाउँदा आफू र प्रतिष्ठान खुशि भएको बताए । विगतका दिनहरुको प्रदान गर्दै आएको शमी साहित्यिक पुरस्कार विभिन्न प्राविधिक कारणले रोकिएको हुँदा यो ८०८१ साल बैशाखमै वितरण गरिने कार्यकारी प्रमुख शर्माले जानकारी दिए ।
कार्यक्रममा समिक्षक तथा लेखक डा. कुमार कोइराल, डा.गिता उप्रेती, गोपीकृष्ण ढुङ्गानालगायतले कृतिहरुमाथी समिक्षा गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री प्रदिप नेपाल अस्वस्थका वावजुदपनि उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्