आईपीएल खेलमा लखनउ र दिल्ली भिड्दै

काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार लखनउ सुपर जाइन्ट्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । लखनउ र दिल्लीबिचको खेल लखनउस्थित अटल बिहारी वाजपेई (एकाना) क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको १७ औँ संस्करणमा खेल्न लागिएको यो २६औँ खेल हो । जारी आईपीएलमा लखनउले खेल्न लागेको यो पाँचौँ खेल हो । यसअघि खेलिएको चारमध्ये तीन खेलमा लखनउ विजयी भएको छ । एक खेलमा भने लखनउले हार ब्यहोरेको छ ।

लखनउ ६ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । दिल्ली क्यापिटल्सले भने छैटौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको पाँचमध्ये एक खेलमा मात्र दिल्ली विजयी भएको छ । चार खेलमा भने दिल्लीले हार ब्यहोरेको छ ।

जारी सिजनमा अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएको दिल्ली केवल दुई अंकसहित तालिकामा सबैभन्दा तल १०औँ स्थानमा छ । दिल्ली क्यापिटल्सले एकमात्र खेलमा चेन्नई सुपर किङ्सलाई २० रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्