काठमाडौं महानगरद्वारा धोवीखोला सफाई अभियान शुरु
काठमाडौं, २९ चैत । काठमाडौं महानगरपालिकाले खोला सफाइ अभियान सुरू गरेको छ।
चैत १८ गतेदेखि खोला सफा अभियान थालेको महानगरका वातावरण विभागका प्रमुख रविमान श्रेष्ठले बताए
उनकाअनुसार श्रम बैंकअन्तर्गतका कामदारलाई खोला सफाइ अभियानमा खटाइएको छ। दुई समूह बनाएर धोविखोला सरसफाइ सुरू गरेका छौं, उनले भने।
दिनहुँ बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोलाभित्रै पसेर सफाइ गर्ने गरिएको उनले बताए। ‘फोहोरमैला र झारपात टिप्ने काम गरेका छौं,’ उनले भने।
सरसफाइ गर्न सहज होस् भनेर स्काभेटर किन्ने योजना पनि महानगरको रहेको उनको भनाइ छ। अहिले धोविखोला मात्रै सफा गरिरहेका छौं। बिस्तारै विष्णुमती लगायत साना खोला पनि सफाइ गर्ने तयारी छ।’
५५ जना कामदार अहिले श्रम बैंकमा छन्। अझै कामदारको संख्या थप गर्ने तयारीमा रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्