लमजुङबाट अध्यक्षमा पराजित एमालेका कृष्णप्रसाद अधिकारी गण्डकीको मुख्य न्यायाधिवक्ता

काठमाडौं, २९ चैत । नेकपा एमाले लमजुङको अध्यक्षमा पराजित कृष्णप्रसाद अधिकारी गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन्।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार बसेको मन्त्रिपरिषद बैठकमार्फत अधिकारीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।  हारेकालाई झन ठूलो पदमा ल्याउने शुरुवात हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन समयमा झक्कु प्रसादसँग सांसदमा पराजित माधव कुमार नेपाललाई उल्टो सांसदमा ल्याएर झनै विकृतिको शुरुवात गरेका थिए । अहिले फेरी उनै पुष्पकमल प्रधानमन्त्री छन् र उनको नेतृत्वमा बनेको एमाले सरकारले उनकै बाटो पछ्याएको छ । त्यसको निरन्तरता अहिले पनि कायम छ । चुनावमा हारेकाहरु उपनिर्वाचनमा फेरी चुनाव लडेर संसदमा प्रवेश गर्छन । जसको ज्वलन्त उदाहरण हालै मात्र, कृष्णप्रसाद, सिटौला र उपेन्द्र यादवलाई लिन सकिन्छ ।

लमजुङमा एमालेको राजनीति सँगसँगै कानुन व्यवसाय गर्दै आएका अधिकारी लमजुङ बार इकाइमा ३ कार्यकाल अध्यक्ष भएका थिए। कानुन विषयमा स्नातक गरेका उनले काठमाडौंमा २०५० देखि २०५४ सालसम्म अधिवक्ताका रूपमा काम गरेका थिए। त्यसपछि लमजुङ फर्केर कानुन व्यवसायसँगै एमालेको राजनीति गर्दै आएका थिए।

एमाले लमजुङका निवर्तमान अध्यक्ष रहेका अधिकारी चैत १६ मा भएको जिल्ला अधिवेसनमा फेरी अध्यक्षका उम्मेदवार बनेका थिए। गण्डकीको एमाले राजनीतिमा खगराज पक्षबाट अध्यक्ष उम्मेदवार बनेका अधिकारीलाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षका राजकुमार विष्टले पराजित गरेका थिए।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा अधिकारी वा श्रीकान्त बराललाई मुख्यन्यायाधिवक्ता बनाउनेबारे छलफल भएको विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताए। कांग्रेस गण्डकीको खगराज सरकारको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि बराललाई मुद्दा लड्न काठमाडौं पठाइएको चुमानले बताए।

खगराज सरकार बनाउन सत्तारुढ एमाले, माओवादी र सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ले सभामुख कृष्णप्रसाद धिताललाई समेत जोडेको भन्दै कांग्रेसले मंगलबार नै सर्वोच्च अदालतमा कांग्रेसले रिट दायर गरेको थियो।

रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले खगराज सरकारलाई दीर्घकालीन महत्वका कुनै पनि निर्णय नगर्न बुधबार अन्तरिम आदेश दिएको छ।

यसअघि खगराज १ सय ५ दिन मुख्यमन्त्री बन्दा पनि बराललाई मुख्य न्यायाधिवक्ता बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्