विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित

काठमाडौं, २८ चैत। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो ।

पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो ।

यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएअनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका थिए । राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएर एमालेकी विमला घिमिरेलाई अघि सारिएको थियो ।

घिमिरेको प्रस्तावको पक्षमा प्राप्त भएको मत राष्ट्रिय सभाको मौजुदा संख्याको बहुमत रहेकाले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उनलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरे।

राष्ट्रिय सभाको बैठक शुक्रबारसम्‍म स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्