०४७ सालयता सार्वजनिक पद धारण गरेकामाथि छानबिन गर्न रास्वपाद्वारा उच्चस्तरीय समितिको माग

काठमाडौं, २७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ सालयता सार्वजनिक पद धारण गरेकाहरूमाथि उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएको छ।

पार्टीका सांसदहरूसँगको छलफलपछि सार्वजनिक पद धारण गरेका सबैमाथि छानबिन गर्नुपर्ने पार्टीले धारणा बनाएको महामन्त्री डा. मुकुल ढकालले बताए।

‘मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुनुअघि हामीले सांसदहरूसँग छलफल गरेका थियौं। सांसदहरूले २०४७ सालयता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्छ, र अहिलेसम्म परेका उजुरीमाथि जाँचबुझ गर्न उच्चस्तरीय समिति नै बनाऔं भन्नुभएको छ, यसलाई पार्टीकै धारणा बनाइएको छ,’ उनले भने। सहकारीको बचत हिनामिनामा संसदीय छानबिन समिति माग गरिरहेको प्रमुख प्रतिपक्षी कांग्रेस पनि यसमा तयार रहनुपर्ने महामन्त्री ढकाल बताउँछन्।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्