राप्रपाको व्यापक जनप्रदर्शन, निषेधित क्षेत्र तोड्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ। मंगलबार दिउँसो राप्रपाले भृकुटीमण्डप, भद्रकाली लगायत क्षेत्रमा प्रदर्शन गरेको हो।

सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो। राप्रपाको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । काठमाडौँको भद्रकालीबाट प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढ्न खोज्दा झडप भएको हो ।

प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रण गर्न बल प्रयोग गरेको जनाएको छ । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्