राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा विमला घिमिरे र विष्णु पुडासैनीको उम्मेदवारी

काठमाडौं, २७ चैत। राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि विमला घिमिरे र विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गरेका छन् । मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा घिमिरे र पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन् ।

घिमिरे नेकपा एमालेकी सांसद हुन् भने पुडासैनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेकी हुन् । उम्मेदवारी दर्तापछि घिमिरेले आफू उपाध्यक्षमा निर्वाचित हुनेमा ढुक्क रहेको बताइन् ।

घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की रहेका छन् । त्यस्तै पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन् । मतदान भने चैत २८ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्