कोशीमा नयाँ सरकार गठन गर्न माओवादी संसदीय दलको बैठक सुरू

काठमाडौं, २६ चैत । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू भएको छ । प्रदेशसभा संसद सचिवालयमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । बैठकले मन्त्रीहरूको राजीनामा बुझाउन निर्देशन नदिए पनि नयाँ सरकार बनाउने विषयमा ठोस निर्णय गर्न सक्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्