संसदीय छानबिन समिति ‘बटमलाइन’ बनाउने काँग्रेसको निर्णय
काठमाडौं, २६ चैत। नेपाली कांग्रेसको पूर्व र वर्तमान कांग्रेस पदाधिकारीको बैठक सकिएको छ । गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति ‘बटमलाइन’ बनाउने भएको छ ।
संसद्मा रहेका पूर्व र वर्तमान कांग्रेस पदाधिकारीको सोमबार बिहान बसेको बैठकले छानबिन समितिबाट नहट्ने निर्णय लिएको महामन्त्री गगन थापाले जानकारी दिए । ‘संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं,’ महामन्त्री थापाले भने, ‘संसदीय छानबिन समिति बनाएर जाने सामान्य माग हो । सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिशन हाम्रो रहन्छ ।’
संसदीय छानबिन समितिका विषयमा शीर्ष तहको बैठकमा सबै एकमत रहेकोसमेत थापाले बताए ।
यता सभामुख देवराज घिमिरेले कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न दलका नेताहरूलाई २ः३० बजे बैठक बोलाएका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुनेजनाएको छ ।
प्रतिक्रिया दिनुहोस्