निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै
काठमाडौं, २६ चैत। आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै छ ।
आज सोमबार बेलुका सम्ममा उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशनगर्ने कार्यसूची तय गरेको छ।
आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने समय तोकेको छ । तर दवारमाथि उजुरी नपरेको आयोगको भनाई छ ।
यस्तै, आयोगले उम्मेदवारलाई भोली मंगलबार ९२७ गते० बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।
आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबै पार्टीले चुनाव पर्चा प्रसारमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्