भारतीय विपक्षी दल कंग्रेसले २३ करोड मानिसलाई गरिबीबाट बाहिर निकाल्ने गर्यो घोषणा

काठमाडौं,२५ चैत्र । भारतको मुख्य विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले आगामी २०२४ को आम चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

भारतको राजधानी दिल्लीमा आयोजित एक समारोहमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, कंग्रेसका पूर्वअध्यक्षहरू सोनिया गान्धी र राहुल गान्धीको साथमा घोषणापत्र सार्वजनिक भएको हो । रोजगारी सृजनामा गहिरो जोड दिँदै, पार्टीको घोषणापत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्ने र सबै क्षेत्रहरूमा दिगो वृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

सो घोषणापत्रमा अर्को प्रमुख विशेषता के छ भनेको आगामी दशकभित्र २३ करोड मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्ने महत्वाकांक्षी लक्ष्य लिइएको छ । भारतमा यहि अप्रिल १९ देखि जुन १ २०२४ सम्म आम निर्वाचन हुँदैछ । कंग्रेस आई अहिले इतिहासकै सबै भन्दा कठिन परिस्थिती संग जुधि रहेको छ । उसलाई यो निर्वाचनमा अपेक्षित परिणाम ल्याउनको ठूलो चुनौती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्